कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडाैं | असोज १, २०८२

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं:  वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ। 


मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै विभागले कार्यविधि कार्यान्वयन नगर्न आएको निर्देशन अनुसार यो सूचना सार्वजनिक गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्र अनुसार कार्यान्वय नगर्ने बताएको हो।


मन्त्रालयको यो निर्देशनसँगै बिटुबि माध्यमबाट ई–७ भिसामार्फत् गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्याविधि, २०८०’ कार्यान्वयन नहुने भएको हो। कार्यविधिमा ई–सेभन भिसा प्रणाली सञ्चालन मापदण्ड पूरा गरेका वैदेशिक रोजगारको कार्य गर्न अनुमतिप्राप्त नेपाली संस्थाले नेपाली श्रमिक पठाउन सक्ने व्यवस्था गरिएको छ।


विशेष सीप भएका विदेशी दक्ष कामदारलाई दक्षिण कोरियाले उक्त भिसा दिएर आफ्नो देशमा काम गर्ने अनुमति दिँदै आएको छ। उक्त भिसा लिएर जाने श्रमिकका लागि कोरियाली कामदारसरह तीन हजार डलर झन्डै चार लाख नेपाली रुपैयाँमासिक तलब हुनुपर्ने प्रस्ताव नेपालले राखेको थियो। यसअघिसमेत नेपालमा राजनीतिक अस्थिरताका माझ समयमा नै सरकारले निर्णय नलिँदा त्यो गुमेको थियो।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्